Time: January 14, 2012
Location: ओन्स हाउस लुभेन, बेल्जियम
Organized By: विश्व मगर संघ बेल्जियम
Location: ओन्स हाउस लुभेन, बेल्जियम
Organized By: विश्व मगर संघ बेल्जियम
विश्व मगर संघ बेल्जियमले आयोजना गरेको लोक दोहोरि तथा बिबिध साँस्कृतिक कार्यक्रममा गायिका मुना थापा मगर, गायक बिजय लामा, गायक सुमन बुढा मगर र गायक यश कुमारको मर्म स्पस्री लोकगीत, पपगीत,आधुनिक गीत र रिमिक्स गीतहरुको साथमा धौलागिरी नौमती बाजा समुह युकेको प्रस्तुति रहने छ।
Watch more at: http://www.bisaunivideos.com/2012/01/lok-dohori-karyakram-program-in-belgium.html#ixzz1iqzByKFm
- www.bisauni.com
पोर्तुगलका नेपालीहरुले लोक दोहोरी गायिका मुना थापासँग नाच्न र गाउँन पाउने
Friday, January 6, 2012
योगेन्द्रमिलन छन्त्याललिस्बन । यसपटक पोर्तुगलका नेपालीहरु लोक दोहोरी गायिका मुना थापासँग नाच्न र गाउँन पाउने भएका छन् । कुशल दोहोरी गायिका थापा माघे संक्रान्तिको अवसर पारी लिस्बन आउंदै छन् । जहाँ जहाँ नेपालीहरु संगठित छन्, लोक संस्कृति, लोक गीत र दोहोरी गीतप्रति मोह छ । विश्वका जुनसुकै मुलुकका नेपालीहरुकहाँ आफ्नो मिठो स्वर र गमिलो प्रस्तुति पस्कने कलाकारका पर्याय हुन् मुना ।
‘चिसो चिसो हावा सरर, रुमाल फरर’ पक्कै गाउन बिर्सने छैनन् । उनको ‘तीते करेलीले, मुखै तीतो गरायो तीते करेलीले, मलाई लठ्ठै गरायो झिमझिम परेलीले’ लोकप्रिय भाकामा लिस्बनका युवाहरुले दोहोरी गाउन पाउनेछन् । थापाले सम्झना मनैमा रही रह्यो माइती देश बिरानो भैगयो, अन्तै बसाई सर्छु नभन, नजिक आइदेउन कति सधै ओइ भनी बोलाउछौ साइनो लाइदेउन, बाटो हेर्दै हौली मेरो खबर सुनेसी पियारी तिमी कति रोऔली, गाउँमा कुरा काट्छन् छुटाएरै छाड्छन्, माया माकुरीको जाल हो लगायतका दर्जनौ लोक र दोहोरी गीतहरु एल्बमहरुमा पस्किसकेका छन् ।
मगर समाज पोर्तुगलले आयोजना गरेको सांगीतिक कार्यक्रममा थापासहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । कार्यक्रम २२ जनवरी आइतबारका दिन दिउँसो ३.०० बजेदेखि राति १०.०० बजेसम्म Escola Nuno Goncalves, Avenida General Rocadas – 40 मा हुने बताइएको छ ।


