https://youtu.be/lQMH0Ypl04E
Muna Thapa Magar a popular Nepali folk singer contributing some sort of relief materials in Gorkha District after the major hit back of massive earthquake on 25th April 2015. Earthquake victims are so much affected, she had done a small contribution and has made an appeal to the community as it requires a lot more to rebuild Nepal.
Muna Thapa Magar contributing to earthquake victims some sort of relief materials
Folk Singer Muna Thapa Magar Australia Tour January 2015
Programme - Maghe Sankranti Mela
Organizer - Magar Samaj, Australia
Muna Thapa Magar Visit Australia
Programme - Maghe Sankranti Mela
Organizer - Magar Samaj, Australia
Muna Thapa Magar Visit Australia
Another Beatiful Melody song by Muna thapa magar Starting with the Ukhu pele Guliyo Tori pele tel a typical Nepali word, New song from veteran singer Muna Thapa Magar and Ramji Khand " Piratima Fail" featuring another veteran Parbati Rai in the music video. Sai Vision P. Ltd. presents Lok dohari song 'Piratima Fail' beautiful vocal By Muna Thapa Magar, Directed by Prakash Bhatta.
Muna Thapa Magar from Manakamana-9, Gorkha. As a folk singer her first recording was Cable Carma Gate and first released music album was "Chhori" in the year 2066 B.S. and soon followed by the second album "Chhori-2" as successor of the very first album. Watch Video and subscribe Rebel Online Media Channel for upcoming latest video updates.
video source : Muna Thapa Magar
Nepali Lok Dohori music is Nepali folk songs which is very unique style of music from Nepal. Dohori means from two side or a debate. This debate is in rhythm also called singing debate. The two teams in Dohori usually involves Mans in one group Woman's in the other. The song is started with a question usually from the boys side. The girl follows the question with a quick response and continues the musical conversation.
योगेन्द्रमिलन छन्त्याल
९ माघ, लिस्बोन । लोक तथा दोहोरी गायिका मुना थापाले पोर्तुगलमा रहेका नेपालीहरुलाई बेस्सरी नचाइन् । मुनासँग स्थानीय युवाहरुले पालैपालो दोहोरी पनि गाए ।
सम्भवत पोर्तुगलमा सम्पन्न एनआरएन निर्वाचनबाहेक सबैभन्दा धेरै नेपालीहरुको सहभागिता रहेको सांगीतिक साँझमा मुनाले आफ्ना दर्जनौ लोकप्रिय गीतहरु सुनाइन् । मुनाका चिसो हावा सरर, रुमाल फरर, मुखै तीतो गरायो तीते करेलीले, मलाई लठ्ठै गरायो झिमझिम परेलीले गीतलगायत दोहोरीहरु असाध्यै मन पराएर कार्यक्रमका दर्जनौ दर्शकहरुले २० देखि १०० युरोसम्म नगद उपहारसमेत दिए । नगददाताहरु कसैले स्वर मन परेर त कोहीले सांगीतिक यात्राको निरन्तरताको कामनास्वरूप सहयोग गर्न चाहेको बताउने गरेका थिए ।
गायिकालाई तालीको गडगडाहटले पनि युरोजत्तिकै जोश जाँगर थपिएको पाइन्थ्यो । दर्शकहरुको वाहवाही, तालीसहित नाच्दै साथ पाउँदा गोर्खाली ठिटी मुनाले उनको सुरिलो स्वरलाई अझ तिखारिन् । सायद उनको गीतमा नाचेर थुप्रैको ज्यान दुख्यो होला कार्यक्रमबाट बाहिर आउँदा ।
जिउडाल पनि चटक्क परेकी सुन्दरी गायिका मुना पनि नेपाल फर्कन मन छैन त भनिन दोहोर्याइ तेहर्याइ । ईश्वरी कंडेल र प्रकाश सुवेदीले दोहोरीमा यसरी फकाए कि मानौ, मुनाले हुन्छ नि त भनेकी भए पोर्तुगलमै राख्थे । अप्ठेरो पर्न लाग्नेबित्तिकै अर्को खोचे थापी हाल्छन् । दर्शकहरुले पनि थाहा पाए कि यो दोहोरीको रणनीति अचम्मैको हुँदो रहेछ ।
कार्यक्रममा बेल्जियमबाट आएका र स्थानीय कलाकारहरुले मनोरन्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए । केही गीतहरु पनि गाइएका थिए । आयोजकले नाच्ने गाउने कलाकारहरुलगायत नृत्य प्रशिक्षण गराउने संजय लामालाई प्रमाण पत्रसहित आभार प्रकट गरेको छ ।
माघे संक्रान्तिको अवसरमा नेपाल मगर समाज, पोर्तुगलले आयोजना गरेको सांस्कृतिक साँझमा नेपालबाट आएका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका निवर्तमान उपकुलपति, त्रिभुवन विश्वविद्यालय प्राध्यापक एवं मगर जाति संस्कृतिविद डा. केशरजंग बरालले माघे संक्रान्तिबारे स्पष्ट पारेका थिए । बरालले मगर जातिको भाषिक, सांस्कृतिक र जातीय उत्थान र विकासका लागि शिक्षा र सकारात्मक विभेदलाई जोड दिनुपर्ने बताए ।
अर्का अतिथि मगर विद्यार्थी संघका अध्यक्ष एवं आदिवासी जनजाती विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष माधव दर्लामी मगरले पिछडिकाहरुलाई प्राकृतिक न्यायको सिद्धान्तबमोजिम पनि अधिकारका लागि आवाज उठाउन पाउनुपर्नेमा जोड दिए ।
गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य पूर्ण हमाल र विश्व मगर संघ बेल्जियमका कार्यबाहक सचिव कुलबहादुर रजानले पनि प्रवासमा यस्ता कार्यक्रमले नेपालीहरुबीच सुमधुर सम्बन्ध स्थापनाका लागि सहयोग पुग्ने विचारसहित शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम समाजका अध्यक्ष रामप्रसाद पुनको अध्यक्षतामा कार्यक्रमको संचालन सचिव मिनप्रसाद पुन र खेमप्रसाद जुग्जलीले गरेका थिए । कार्यक्रम ग्रासाको नुनो गुन्काल्भेस स्कूलमा सम्पन्न भएको थियो ।
मगरसंघ बेल्जियम ले माघे संक्रान्तिको अवसर पारेर आयोजना गरेको "लोक दोहोरि तथा बिबिध सांस्कृतिक कार्यक्रम" भव्य अनि उत्साहजनक का साथ सफल !! आयोजक, बेल्जियमका दर्शक श्रोता साथै अनलाइन दर्शकहरुलाइ धेरै धेरै आभारहरु व्यक्त गर्दै धन्यवाद टक्राउँछु । - मुना थापा मगर
Time: January 14, 2012
Location: ओन्स हाउस लुभेन, बेल्जियम
Organized By: विश्व मगर संघ बेल्जियम
Location: ओन्स हाउस लुभेन, बेल्जियम
Organized By: विश्व मगर संघ बेल्जियम
विश्व मगर संघ बेल्जियमले आयोजना गरेको लोक दोहोरि तथा बिबिध साँस्कृतिक कार्यक्रममा गायिका मुना थापा मगर, गायक बिजय लामा, गायक सुमन बुढा मगर र गायक यश कुमारको मर्म स्पस्री लोकगीत, पपगीत,आधुनिक गीत र रिमिक्स गीतहरुको साथमा धौलागिरी नौमती बाजा समुह युकेको प्रस्तुति रहने छ।
Watch more at: http://www.bisaunivideos.com/2012/01/lok-dohori-karyakram-program-in-belgium.html#ixzz1iqzByKFm
- www.bisauni.com
पोर्तुगलका नेपालीहरुले लोक दोहोरी गायिका मुना थापासँग नाच्न र गाउँन पाउने
Friday, January 6, 2012
योगेन्द्रमिलन छन्त्याललिस्बन । यसपटक पोर्तुगलका नेपालीहरु लोक दोहोरी गायिका मुना थापासँग नाच्न र गाउँन पाउने भएका छन् । कुशल दोहोरी गायिका थापा माघे संक्रान्तिको अवसर पारी लिस्बन आउंदै छन् । जहाँ जहाँ नेपालीहरु संगठित छन्, लोक संस्कृति, लोक गीत र दोहोरी गीतप्रति मोह छ । विश्वका जुनसुकै मुलुकका नेपालीहरुकहाँ आफ्नो मिठो स्वर र गमिलो प्रस्तुति पस्कने कलाकारका पर्याय हुन् मुना ।
‘चिसो चिसो हावा सरर, रुमाल फरर’ पक्कै गाउन बिर्सने छैनन् । उनको ‘तीते करेलीले, मुखै तीतो गरायो तीते करेलीले, मलाई लठ्ठै गरायो झिमझिम परेलीले’ लोकप्रिय भाकामा लिस्बनका युवाहरुले दोहोरी गाउन पाउनेछन् । थापाले सम्झना मनैमा रही रह्यो माइती देश बिरानो भैगयो, अन्तै बसाई सर्छु नभन, नजिक आइदेउन कति सधै ओइ भनी बोलाउछौ साइनो लाइदेउन, बाटो हेर्दै हौली मेरो खबर सुनेसी पियारी तिमी कति रोऔली, गाउँमा कुरा काट्छन् छुटाएरै छाड्छन्, माया माकुरीको जाल हो लगायतका दर्जनौ लोक र दोहोरी गीतहरु एल्बमहरुमा पस्किसकेका छन् ।
मगर समाज पोर्तुगलले आयोजना गरेको सांगीतिक कार्यक्रममा थापासहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । कार्यक्रम २२ जनवरी आइतबारका दिन दिउँसो ३.०० बजेदेखि राति १०.०० बजेसम्म Escola Nuno Goncalves, Avenida General Rocadas – 40 मा हुने बताइएको छ ।





